भारु ५ सय र हजारका नोट बेच्न बाटोमा उभिने दिन गए !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ६ सोमवार १५:१४ बजे

भारु ५ सय र हजारका नोट बेच्न बाटोमा उभिने दिन गए !

काठमाण्डौ
मंसिर ६
भारतमा ५ सय र एक हजारका भारु नोट बन्द भएपछि महोत्तरी जिल्लामा हुने गरेको दैनिक दुई करोड भारतीय रुपैयाँको कारोबार बन्द भएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वर लगायत जिल्लाको मटिहानी , सम्सी गाविस र जिल्लाको मूल भन्सार कार्यालय भिट्ठामोड अगाडि दैनिक हुने गरेको भारतीय रुपैयाँको कारोबार बन्द भएको हो । सो क्षेत्रमा दैनिक बिहानदेखि बेलुकासम्म दर्जनौँ व्यक्ति अवैधरुपमा बाटोमै उभिएर सीमानाकामा आउजाउ गर्ने व्यक्तिलाई भारु रुपैयाँ बेचेर हजाराँै आम्दानी गर्ने गरेका थिए भने इजाजत प्राप्त सटही काउण्टर र राष्ट्रिय वाणिज्य बैंकले पनि भारु रुपैयाँको कारोबार गर्दै आएको थियो ।

उनीहरुले नेपालबाट भारततर्फ बिरामी जचाँउन, आवश्यक सर सामान किनमेल गर्न र आकस्मिक कामकाजका लागि जाने व्यक्तिलाई नेपाली पैसा लिएर भारतीय पैसा बेच्दै आएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार