डाक्टर गोविन्द केसी आफै सिकिस्त बिरामी बन्दै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ५ आइतवार १५:१९ बजे

डाक्टर गोविन्द केसी आफै सिकिस्त बिरामी बन्दै !

काठमाण्डौ
मंसिर ५
आठ दिनदेखि  आमरण अनशनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

वरिष्ठता आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा डिन नियुक्ति, चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर अनसनरत उहाँको स्वास्थ अवस्था जटिल बनेको हो । केसीको  छातीको दुखाइ, मुटुको चालमा गडबडी, मांशपेशी दुखाइ बढ्दै गएको डा जीवन श्रेत्रीले जानकारी  दिनुभयो । एक पटक आएको मुटुको समस्या अहिले  समाधान भएपनि फेरी सोे समस्या दोहोरिएमा उहाँलाई खतरा हुने चिकित्सकहरुले बताएका छन् । चिकित्सा क्षेत्रमा सुधार माग राखेर १० औं पटकसम्म अनशन बस्दा पनि सरकार पक्षबाट माग सम्बोधनमा कुनै चासो नदिएको आरोप छ ।

केसीका मागप्रति समर्थन जनाउँदै अस्पतालका आवासीय चिकित्सकले पनि   हातमा कालोपट्टी बाँधेर काम गर्दै आएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार