लाउरी भैँसीजस्तै काठमाण्डौका नदि !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ४ शनिवार १५:२४ बजे

लाउरी भैँसीजस्तै काठमाण्डौका नदि !

काठमाण्डौ
मंसिर ४
उपत्यकाका प्रमुख नदी सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १ सय ८४ औँ हप्तामा आज थापाथली पुलमुनिको ललितपुर क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो ।

मुख्यसचिव डा सोमलाल सुवेदीको उपस्थितिमा भएको आजको सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गर्नुभयो । सफाइमा सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, पूर्वसचिव केशव भट्टराई पनि सहभागी हुनुहुन्थ्यो । सफाइ महाअभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायतको संस्थागत सहभागिता रहेको अधिकार सम्पन्न बागमती समितिकी माला खरेलले जानकारी दिनुभयो । त्यसैगरी धोवीखोला सफाइको १ सय ४३ औँ हप्तामा आज रातोपुलदेखि सेतोपुलसम्मको नदीभित्र सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । विष्णुमती सफाइको १ सय १७ औँ हप्तामा आज परोपकारपुलमुनि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी वीजेन्द्र लामाले जानकारी दिनुभयो ।

नख्खु खोला सफाइको ६५ औँ हप्तामा आज दिव्यनगरदेखि सनराइज अपार्टमेन्टसम्म सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार