९६ किलो गाँजा बोक्ने बहादुरहरु यस्ता छन्


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ मंसिर ४ शनिवार १५:११ बजे

९६ किलो गाँजा बोक्ने बहादुरहरु यस्ता छन्

काठमाण्डौ
मंसिर ४
जनकपुरमा प्रहरीले लागु औषध गाँजासहित चारजनालाई पक्राउ गरेको छ ।

जनकपुर–जटही सडकखण्डको देवपुरा रुपैठाको निम चौकबाट ना ३ च ७२२८ नम्बरको गाडीमा ९६ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको जनकपुर प्रहरीले जनाएको छ । तरकारी बोक्ने गाडीलाई प्रहरीले जाँच गर्दा ८ वटा पोकामा गाँजा फेला परेको हो । पक्राउ परेका अभियुक्तहरुलाई भोलि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने धनुषाका डिएसपी मनोज कुमार यादवले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार