काठमाण्डौ
कात्तिक ३०
नेपाल र चिनबीच भोलिदेखि तिन दिनसम्म चिनको स्वसाशित क्षेत्र तिब्बतमा हने पारवहन यातायात सम्झौता प्रोटोकल मस्यौदाको वैठकमा भाग लिन नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
सो बैठकमा सहभागी हुन वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैँजुको नेतृत्वमा परराष्ट्र, वाणिज्य , भौतिक योजना, अर्थ र कानुन मन्त्रालयका अधिकारी त्यसतर्फ गएका हुन । तत्कालीन प्रधानमन्त्रि केपी ओलीको गत चैत्रमा सम्पन्न चिन भ्रमणमा हस्ताक्षरित ऐतिहासिक पारवहन सम्झौताको प्रोटोकल तय गर्ने विषयमा बैठकमा छलफल हुने वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैजुले बताउनभयो । सम्झौता अनुसार नेपालले चीनहुँदै तेस्रो देशसँग जल र स्थलमार्गबट व्यापार गर्ने सुविधा पाउनेछ । नेपालले अहिलेसम्म भारतीय भूमिबाट मात्र तेस्रो देशसंग पारवहन व्यापार गर्दै आएको छ ।
