काठमाण्डौ
कात्तिक ३०
बाघको आक्रमणबाट नवलपरासीमा एकजनाको ज्यान गएको छ ।
कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुनाका ४५ वर्षका डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट ज्यान गएको हो । जङ्गलमा घाँस काट्न भनी सोमबार बिहान घरबाट निस्केका श्रेष्ठ सोमबार राति जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । श्रेष्ठको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
