बिजुली निकाल्ने अरु जिल्ला, लोडसेडिङमुक्त हुनुपर्ने काठमाण्डौलाई !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २१ आइतवार १३:१२ बजे

बिजुली निकाल्ने अरु जिल्ला, लोडसेडिङमुक्त हुनुपर्ने काठमाण्डौलाई !

काठमाण्डौ
कात्तिक २१
काठमाडौँ उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने सरकारले तयारी गरेको छ ।

1463481435trishuli3a

ऊर्जा मन्त्रालयले लोडसेडिङ कम गर्न मन्त्रालयस्तरमा विशेष कार्ययोजना तयार गरी नेपाल विद्युत् प्राधिकरणलगायत अन्य सरोकारवाला निकायलाई सोही अनुसार काम गर्न स्पष्ट निर्देशन दिदै उपत्यकालाई लोडसेडिङमुक्त बनाउन लागेको हो ।

उपत्यकालाई लोडसेडिङमुक्त क्षेत्र बनाउने तयारीका साथ प्राधिकरणले अध्ययन समिति गठन गरि विभिन्न विकल्पमा अध्ययन गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल जानकारी दिनुभयो । हाल उपत्यकामा रातिको समयमा ३०० मेगाबाट बिजुलीको माग छ तर आपुर्ती भने झन्डै २०० मेगावाट छ । साँझको दुई घन्टाको मुख्य समयमा  लागि प्राधिकरणले १०० मेगावाटको व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले राजधानी सहरमा उज्यालो बनाउन साँझको दुई घन्टाका लागि १०० मेगावाटको व्यवस्थापन गर्न प्राधिकरण सक्षम रहेको र  यसका लागि सबै किसिमका कोसिस भइरहेको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार