काठमाण्डौका नदिबाट ११ मेट्रिक टन खकार सिँगान निकालियो !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २० शनिवार १६:१३ बजे

काठमाण्डौका नदिबाट ११ मेट्रिक टन खकार सिँगान निकालियो !

काठमाण्डौ
कात्तिक २०
काठमाडौं उपत्यकाका प्रमुख नदी सफाइ गरी आज ११ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १८२ औँ हप्ता र विष्णुमती सफाइको ११४ औँ हप्तामा दुवै नदीको दोभान टेकुमा संयुक्त रुपमा सफाइ गरी नौ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको हो ।

सफाइमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी लगायत सात सयको सहभागिता रहेका अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । रुद्रमती सफाइको १४१ औँ हप्तामा आज कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशालामा जनजागरण अभियानसहित सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले बताउनुभयो । सफाइमा समाज, वातावरण संरक्षण अभियान, महानगरपालिकाको वडा नं ९ र ३३ एवम् महानगरीय प्रहरी वृत्त कमलपोखरी, गौशाला, सामुदायिक प्रहरी हाँडीगाउँको सक्रिय सहभागिता थियो । नख्खु खोला सफाइको ६४ औँ हप्तामा आज कुसुन्ती दिव्यनगरस्थित नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । आइतबार सूर्यको आराधना गरी मनाउन लागिएको छठ पर्वको तयारीका लागि पनि सो स्थानमा सफाइ गरिएको संयोजक बलुदेव पाण्डेले बताउनुभयो । उता गुह्येश्वरीमाथिको बागमती क्षेत्रमा राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् । २०७० जेठ पहिलो सातादेखि सुरु गरिएको सफाइ महाअभियानले उपत्यकाका नदी तुलनात्मक रुपमा सफा हुन थालेका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार