काठमाण्डौ
कात्तिक १०
आजदेखि डेंगु रोग विरुद्ध लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान सुरु भएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका भित्र वडा नम्बर १ देखि १५ सम्म डेंगु रोग सार्ने लामखुट्टेको उच्च जोखिम रहेकाले ति क्षेत्रमा खोज र नष्ट गर अभियान सुरु भएको हो । महिला स्वास्थ्य स्वयंम सेविका र स्वास्थ्यकर्मी टोल टोलमा पुगेर लामखुट्टेबस्ने ठाउँ र उसले पारेका फुल नष्ट गर्ने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । अभियान भोलीसम्म चल्ने छ । रुपन्देही जिल्लामा पाँचजना बिरामीमा डेंगु ज्वरोको संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गरेको जनाइएएको छ ।
