तिहारमा राति १० बजेपछि भन भन भाई हो भन्न नपाइने,भने प्रहरीको भाटा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ८ सोमवार १५:०८ बजे

तिहारमा राति १० बजेपछि भन भन भाई हो भन्न नपाइने,भने प्रहरीको भाटा

काठमाण्डौ
कात्तिक ८
आउदो तिहारमा राति १० बजेपछि देउसी भैलो कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले आग्रह गरेको छ ।

कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै तिहारको अवसरमा खेलिने देउसी भैलो कार्यक्रम राति १० बजेभित्र घरधनीको सहमतिमा मात्र गर्न आग्रह गरेको छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीद्धारा जारी विज्ञप्तीमा तिहार र छठ पर्व मनाउने क्रममा आतिशबाजि, पटका, भुईचम्पा जस्ता प्रज्वलनशिल पदार्थको उत्पादन, आयात, बिक्रि वितरण र प्रयोग गर्ने र राति १० बजेपछि देउसी भैलो खेल्नेलाई कारबाही गरिने जनाइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार