काठमाण्डौ
कात्तिक ८
सोलुखुम्बु चौरीखर्कमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चौरीखर्क–३ का ३७ वर्षीय कुमार लामिछाने रहेको प्रहरीले जनाएको छ । घर फर्कने क्रममा चौरीखर्क–६ र ९ नम्बर वडाको बीचमा पर्ने छुठावा खोलाको पुलबाट खसेका लामिछानेको शव बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घर फर्किने क्रममा उनी आइतबार राति नै पुलवाट खोलामा खसेको हुनसक्ने अनुमान गरिएको छ । रेलिङ नभएकाले पुलबाट खोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
