काले काले मिलेर भाले खाने भएपछि र्याल झार्ने अरुपनि !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ४ बिहीवार १८:२९ बजे

काले काले मिलेर भाले खाने भएपछि र्याल झार्ने अरुपनि !

काठमाण्डौ
कात्तिक ४
पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले विद्रोह जन्माउने चेतावनी दिनुभएको छ । विश्व हिन्दु महासंघद्धारा काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन पछि उहाँले यस्तो बताउनु भएको हो ।

सम्बोधनका क्रममा पूर्वराजा ज्ञानेन्द्रले विगत केहि वर्ष देखि नेपालको राजनीतिमा बाह्य हस्तक्षेप भएको बताउँदै यस परिस्थिति उब्जाउने कारकतत्वका बारेमा नेपाली जनताले प्रश्न गर्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले नेपालमा मौलिकता र राष्ट्रियता हराउदै गएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । सम्पूर्ण हिन्दु दर्शनमा हिमाललाई देवभूमि मानिएको स्मरण गर्दै पूर्वराजा ज्ञानेन्द्रले मधेसका जनता हिमालमा रहेका धार्मिक पीठ र हिमाल, पहाडका जनता तराईका धार्मिक पीठमा पुग्ने गरेको धारणा राख्नुभयो । उहाँले हिन्दु धर्म विश्वकै उत्कृष्ट भएको समेत दाबी गर्नुभयो । काठमाण्डौको वनकालीमा पूर्वराजाले उद्घाटन गरेको विराट हिन्दु सम्मेलन तीन दिनसम्म चल्ने छ । शुक्रबार र शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन हुँदै छ ।

विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा भएको सम्मेलनमा थाइल्यान्ड, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, क्यानाडा, बेलायतलगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी भएको समितिकी सचिव अस्मिता भण्डारी जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार