काठमाण्डौ
कात्तिक ३
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले राजधानीको नक्सालमा रहेको अनमोल स्वीट्स हाउसमा शिलबन्दी गरेको छ ।
खाद्य तथा गुण नियन्त्रण विभागको टोलीले आज स्वीट्सको किचनमा भुसुना देखिएको भन्दै शिलबन्दी गरेको हो । विभागका सह–प्रवक्ता मदन चापागाईंले अनुगमनका क्रममा अनमोल स्वीट्स भण्डारको मिठाइमा भुसुना भेटिएको बताउनुभयो । स्वीट्सको भान्सा कोठा समेत अत्यत्त दुर्गन्धित भएको भेटिएको छ । उक्त भण्डारको भान्सा कोठा दुर्गन्धित र फोहोरमय अवस्थामा भेटिएपछि विभागले अनिश्चितकालका लागि शिलबन्दी गरेको छ । मिठाइमा प्रयोग हुने कच्चा पदार्थ समेत म्याद नाघेको र गुणस्तरहिन अवस्थामा भेटिएको छ । उक्त व्यापारिक प्रतिष्ठानमा चार वर्ष अघि पनि गुणस्तरहिन मिठाई उत्पादन भएको भेटेपछि सरकारले शिलबन्दी गरेको थियो ।
