आफुखुसी भाडा उठाउन पाउनुपर्ने भन्दै गाडीका धनीहरु आन्दोलित !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक ३ बुधवार १५:२० बजे

आफुखुसी भाडा उठाउन पाउनुपर्ने भन्दै गाडीका धनीहरु आन्दोलित !

काठमाण्डौ
कात्तिक ३
धादिङ जिल्लाका यातायात व्यवसायीले  ग्रामीण भेगमा गाडी ठप्प पारेका छन् । आफूखुसी भाडा लिन पाउनुपर्ने माग गर्दै उनिहरुले सवारी बन्द गरेका हुन् ।

सरकारले तोकिएको भाडादर मात्र लिनुपर्ने र ग्रामीण सडकमा अस्थायी रुट परमिट उपलब्ध गराउने भनेपछि व्यवसायीले हिजोदेखि ग्रामीण रुटमा गाडी नचलाएका हुन् । आज पनि सवारी बन्द हुदा यात्रु मर्कामा परेका छन् । अहिले धादिङबाट चल्ने कुनै पनि गाडीले निश्चित ठाउँको रुट परमिट लिएका छैनन् । रुट परमिट भएकाको पनि धादिङ मात्रै उल्लेख गरिएकोले ग्रामीण क्षेत्रमा जान समस्या भएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार