देशभरका बालकालिकाको पेटको जुका दुइदिने संकटकालमा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २ मंगलवार १५:३१ बजे

देशभरका बालकालिकाको पेटको जुका दुइदिने संकटकालमा !

काठमाण्डौ
कात्तिक २
सरकारले आज र भोली देशभर राष्ट्रिय भिटामिन ए कार्यक्रम संचालन गर्दैछ ।

स्वास्थ्य मन्त्रालयको नियमित कार्यक्रम अन्र्तगत देशभरका ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो । ५ बर्ष मुनिका बालबिालकालाई अनिवार्य रुपमा भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य मन्त्रालयले सवैलाई आह्वान समेत गरेको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको बालस्वास्थ्य महाशाखाले  ६ महिना देखि ५ वर्ष सम्मका ३१ लाख वालवालीकालाई भिटामिन  ए खुवाउने लक्ष्य राखेको छ । आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य चौकी वा घरघरमा आउने महिला स्वास्थ्य स्वयमसेविका मार्फत भिटामिन ए र जुकाको औषधी खुवाउन सकिने महाशाखाले जनाएको छ ।

सरकारले यो कार्यक्रम वर्षमा दुईपटक  संचालन गर्दै आएको छ । भिटामिन ए को कमीले भविष्यमा बालबालिकामा रतन्धो कुपोषण, दादुरा लगायतका रोग लाग्ने भएकाले अनिवार्य रुपमा यसको सेवन गर्नुपर्ने चिकित्सकहरुले बताउदै आएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार