काठमाण्डौका गल्ली गल्ली फलफुल र मिठाई चाख्दै फनफनी घुम्दैछ सरकार !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २ मंगलवार १५:२९ बजे

काठमाण्डौका गल्ली गल्ली फलफुल र मिठाई चाख्दै फनफनी घुम्दैछ सरकार !

काठमाण्डौ
कात्तिक २
चाडपर्व लक्षित सरकारी बजार अनुगमन टोलीले आज पनि विहानैदेखि राजधानीका विभिन्न बजार अनुगमन शुरु गरेको छ । तिहार र छठ पर्वलाई लक्षित गरी हिजो सूरु विशेष बजार अनुगमन आज पनि जारी रहेको हो ।

तिहार र छठ पर्वमा विषेश गरी फलफूल तथा मिठाईको बढी खपत हुने भएकाले यसमा मिसावट मुल्यवृद्धि लगायतका अनियमितता रोक्न विभिन्न टोली बजारमा अनुगमनका लागी खटिएका वाणीज्य विभागले जनाएको छ । राजधानीका बजारमा आज विभिन्न पाँच  टोलीले विभिन्न स्थानमा  विशेष बजार अनुगमन गरिरहेको छ । अनुमगन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, उपभोक्तावादी संगठन, प्रहरी लगायत सम्बन्धित क्षेत्रका १२ जना प्रतिनिधि सहभागी छन् ।  खाद्यान्नको गुणस्तर, नापतौल र मूल्य प्राथमिकतामा राखेर गरिने अनुगमन  छठसम्म चल्ने छ । हिजोबाट  १० वटा अनुगमन टोलीले विशेष अनुगमन शुरु गरेका वाणीज्य मन्त्रालयका प्रवक्ता सुर्य प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार