खाँबो र निदाल बोकेर सरकार भूकम्पले बढि हल्लाएको टोल पुग्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक २ मंगलवार १५:२७ बजे

खाँबो र निदाल बोकेर सरकार भूकम्पले बढि हल्लाएको टोल पुग्दै

काठमाण्डौ
कात्तिक २
सरकारले भूकम्प पीडितलाई नया घर बनाउन लागी तत्काल काठ उपलव्ध गराउने भएको भएको छ ।

भूकम्प प्रभावित जिल्लामा निजी आवास पुननिर्माणको लागी सहज रुपमा काठ उपलब्ध गराउन वन तथा भूसंरक्षण मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग समन्वय गरिरहेको छ  । काठ वितरणको लागी वन विभागका उपमहानिर्देशक हेम अर्यालको संयोजकत्वमा एकाइ गठन गरी काम अघि बढाईसकिएको बन विभागले जनाएको छ । बन विभागले अहिलेसम्म भूकम्पले क्षति पु¥याएका ३१ मध्ये १५ जिल्लाका केही बस्तीमा झण्डै पाँच लाख क्युफिटभन्दा बढी काठ वितरण गरिसकिएको  छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार