काठमाण्डौ
कात्तिक १
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर १७ लाई गरिबी निवारण दिवसको रुपमा मनाउने निर्णय गरेसँगै सन् १९९३ देखि यो दिवस मनाउन थालिएको थियो । नेपालले भने आज तेश्रो पटक अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाएको हो । दिवसका अवसरमा सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज काठमाडाँैमा विशेष अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ । विश्वमा झण्डै तीन अर्ब मानिस गरीबीको रेखामुनि रहेको संयुक्त राष्ट्रसंघको तथ्यांक छ । राष्ट्रसंघले दैनिक दुई अमेरिकी डलर भन्दा कम आम्दानी गर्नेलाई गरीबको सूचिमा राख्ने गरेको छ । तथ्यांक अनुसार विश्वका ८० लाख मानिसले पर्याप्त खान पाएका छैनन् भने गरिबीकै कारण ८४ लाख प्रौढ मानिस निरक्षर छन् ।
धनी देशहरुमा समेत दश करोड मानिस गरीब रहेका र पचास लाख मानिस घरबारबिहीन रहेका विभिन्न तथ्यांकले देखाएका छन् । चौधौँ योजनाको आधारपत्र अनुसार हाल नेपालमा पनि करिब २१ दशमलव ६ प्रतिशत मानिसहरु निरपेक्ष गरिवीको रेखामुनी रहेका छन् ।
