आज बिजयादशमी,टिकाको उत्तम साइत बिहान ८ बजेर ४५ मिनेटमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २५ मंगलवार ०५:३३ बजे

आज बिजयादशमी,टिकाको उत्तम साइत बिहान ८ बजेर ४५ मिनेटमा

काठमाण्डौ
असोज २५
बडादशैँको आज दशौँ दिन अर्थात बिजया दशमी । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी पर्व मनाइँदैछ ।

dashain1

नेपालीहरूको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)मा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजासहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार आज विहान ८ बजेर ४५ मिनेटमा टिकाको उत्तम साइत छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ । दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार