काठमाण्डौ
असोज २४
वडादसैंको अवसरमा हल्चोक स्वयम्भुमा सशस्त्र प्रहरी बलको निशान तथा मौलो पूजा सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विशेष कार्यक्रमबीच पूजाअर्चना गर्दै निशान तथा मौलो पूजा गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही, प्रकाश ओझा, शैलेन्द्र खनाल, जितबहादुर पुनलगायत एपीएफ अधिकृत तथा जवानबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । सशस्त्र प्रहरीले आज बिहान ७ बजेर ५ मिनेटको संकल्प साइतमा महानिरीक्षक राईले सशस्त्र प्रहरी बलको निशानमा पन्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरी बलको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले वडादसैं अन्तर्गत महानवमीको अवसरमा हरेक वर्ष यस्तो खालको निशान तथा कोतपूजा गर्दै आएको छ ।
सोही कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राईले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीलार्ई पगरी तथा नगद पुरस्कारले सम्मान गर्नुभयो ।
