चितवनलाई धुरुक्कै रुवायो स्क्रब टाइफसले


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २४ सोमवार १६:४३ बजे

चितवनलाई धुरुक्कै रुवायो स्क्रब टाइफसले

काठमाण्डौ
असोज २४
चितवनमा यही वर्षदेखि देखिन सुरु गरेको नयाँ रोग स्क्रब टाइफस असोज महिनाको अहिलेसम्म ५९ जनामा सङ्क्रमण भएको छ । गएको वैशाखदेखि असोजसम्म २६४ जनामा स्क्रब टाइफस भएको र असोज महिनामा मात्रै ५९ जनामा रोग सङ्क्रमण भएको पाइएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यसअघि भदौ मसान्तसम्मको प्रतिवेदनमा २०५ जनामा सङ्क्रमण भएको यो रोग असोज तेस्रो साताको प्रतिवेदनअनुसार २६४ पुगेको हो । चितवनमा टाइफस रोगबाट दुईजनाको मृत्यु भइसकेको छ । नेपालमा टाइफसबाट आठ जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिनुभयो । नेपालमा ३७ जिल्लामा यो रोग देखिएको उहाँको भनाइ छ । अघिल्लो वर्ष नेपालमै पहिलो पटक टाइफस सङ्क्रमण देखिएको पुष्टि भएको थियो । पूर्वी नेपालमा देखिएको यो रोगबाट त्यो बेला १०१ जनामा सङ्क्रमण हुँदा आठ जनाको मृत्यु भएको थियो । इपिडिमियोलोजी महाशाखाले अघिल्लो महिना चितवनमा गरेको अनुसन्धानमा मुसा र माइटमा समेत टाइफस रोग सङ्क्रमण भएको पुष्टि गरेको छ । अहिले सरकारी भरतपुर अस्पतालमा टाइफस रोगको निःशुल्क परीक्षणको व्यवस्था छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार