सेना प्रहरीको गाडीमा चढ्न पाइने,सेनाको आजदेखि निशुल्क बससेवा सञ्चालन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २४ सोमवार ०६:४४ बजे

सेना प्रहरीको गाडीमा चढ्न पाइने,सेनाको आजदेखि निशुल्क बससेवा सञ्चालन

काठमाण्डौ
असोज २४
दसैंको अवसर पारेर नेपली सेनाले सर्वसाधारणलाई लक्षित गरी आजबाट काठमाण्डौ उपत्यकामा निशुल्क वस सेवा संचालन गर्दैछ ।

दशैंको अवसरमा सवारी साधनहरु कम मात्रामा संचालन हुने भएकोले यात्रुहरुको चापलाई महसुस गरेर काठमाण्डौं उपत्यका भित्र सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्याउने उद्देश्यल महानवमी र दशमीका दिन ८ वटा छुट्टा–छुट्टै रुटहरुमा बस संचालन गर्ने नेपाली सेनाले जनाएको छ । सेनाले नवमी र दशमीका दिन ११ बजेदेखि  ४ बजेसम्म  तथा एकादशीका दिन  विहान ६ बजेदेखि, ११ बजे र साँझ ४ बजे भद्रकालीबाट ३० सिट क्षमताको १÷१ वटा बस निःशुल्क संचालन गर्ने जनाएको छ ।यसअघि,नेपाल प्रहरीले यात्रुहरुको सुविधालाई ध्यानमा राखी अस्ति फुलपातीकै दिनदेखि दशैं अवधिभर निःशुल्क बस सेवा शुरु गरेको छ । बिहान १० बजे बाट साँझ ७ बजे सम्म प्रहरीले तीन वटा बस सञ्चालनमा ल्याएको हो । पहिलो रुट अन्र्तगत बा १ ग २५९१ नम्बरको बस नक्सालबाट शुरु भइ पुतलीसडक, माइतीघर, कुपण्डोल, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, जमल, दरवारमार्ग हुँदै नक्सालसम्म सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । यस्तै दोस्रो रुट अन्र्तगत बा १ ग २४७४ नम्बरको बस नक्सालबाटै शुरु भइ मैतिदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, बालुवाटार हुँदै नक्सालसम्म चलिरहेका छन ।

यसैगरी तेस्रो रुटमा बा १ ग २६०८ नम्बरको बस, नक्साल, जयनेपाल, लैनचौर, सोह्रखुट्टे, बालाजु, नयाँबसपार्क, तिलङगेटार, नारायाण गोपालचोक, सुकेधारा, चाबहिल, गौशाला र रातोपुल हुँदै नक्सालसम्म चलिरहेका प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार