काठमाण्डौ
असोज २३
काठमाण्डौको नाकढुंगास्थित ढलानमा आज बिहानको राति भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
आज बिहान काठमाण्डौतर्फ आउदै गरेको भारतीय नम्बर प्लेटको ट्रक नाकढुंगा उकालोमा ब्रेक फेल भई पछाडी सरेर किच्दा श्रीमान÷श्रीमतीको मृत्यु भएको हो । ब्रेक फेल भएको ट्रकले पछाडी सरेर नजिकै छाप्रोमा सुतिरहेकाहरुलाई किचेको हो । दुर्घट्नामा करिब ४०÷४५ बर्षका स्थानीयको मृत्यु भएको हो । मृत्यु हुनेमा राजकुमार खत्री र उनकी श्रीमती दुर्गा रहेका छन् । उनीहरुको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको नाकढुंगास्थित ट्राफिक प्रहरीका गुणनिधी खकुरेलले जानकारी दिनुभयो ।
