सिराहामा पुलिस र स्थानीयबिच कुटाकुट, पुलिसको लौरोले मुलही देवी घाइते


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २३ आइतवार ०८:२० बजे

सिराहामा पुलिस र स्थानीयबिच कुटाकुट, पुलिसको लौरोले मुलही देवी घाइते

काठमाण्डौ
असोज २३
सिराहामा प्रहरीले महिलामाथि लाठी प्रहार गरी घाइते बनाएपछि स्थानीय र प्रहरीबीच हिजो साँझ केहिसमय झडप भएको छ ।

सो क्रममा आक्रोशित भीडले प्रहरीको मोटरसाइकलमा आगजनी गरेको छ । प्रहरीको कुटाइले सिरहा–२ की मुलही देवी यादव घाइते भएकी छिन् । उनको जिल्ला अस्पताल सिरहामा उपचार भैरहेको छ । सिरहामा दुर्गा पूजास्थल नजिक सिरहा १ र सिरहा २ नम्बर वडाका युवाबीचको झगडा भएपछि वडा प्रहरी कार्यालय सिरहाको टोली घटनास्थल पुगेको थियो । झगडा स्थलबाट प्रहरीले रामदेव यदाव, बली यादवसहित तीन जनालाई पक्राउ गरेपछि रामदेवकी आमासहितका युवा समूह वडा प्रहरी कार्यालय पुगेको थियो । मूल गेटमै वडा प्रहरीको टोलीले लाठी प्रहार गर्दा मुलही घाइते भएकाी हुन् । उनीसँगै आएको युवा समूहले वडा प्रहरीको मोटरसाइकलमा आगजनी गरिदिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार