भक्तपुरमा एक हजार एकसय ६५ लिटर रक्सीको खोलो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २२ शनिवार २१:१५ बजे

भक्तपुरमा एक हजार एकसय ६५ लिटर रक्सीको खोलो

काठमाण्डौ
असोज २२
भक्तपुर प्रहरीले विभिन्न नाकाबाट नियन्त्रणमा लिएको एक हजार एकसय ६५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

स्थानीय महिलाहरुको सहभागितामा महानगरीय प्रहरी परिसर भक्तपुर प्रांगणमा रहेको ढलमा फालेर उक्त परिमाणको घरेलु मदिरा नष्ट गरिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले भक्तपुरका विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीसाधनबाट उक्त अवैध मदिरा बरामद गरिएको जानकारी दिनुभयो । सार्वजनिक सवारीसाधन प्रयोग गरी घरेलु मदिरा ओसारपसार भइरहेको उजुरीको आधारमा छड्के जाँच गर्दै प्रहरीले उक्त परिमाणको अवैध घरेलु मदिरा बरामद भएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार