दशैँ मनाएर फेरि अनसन बस्ने भन्दै डाक्टर केसीले छोडे अनसनस्थल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २२ शनिवार ०७:५५ बजे

दशैँ मनाएर फेरि अनसन बस्ने भन्दै डाक्टर केसीले छोडे अनसनस्थल

काठमाण्डौ
असोज २२
दशैँ अवधिभरका लागि डा. गोविन्द केसीले आमरण अनसन स्थगित गर्नुभएको छ ।

चारबुँदे माग राख्दै आमरण अनसन बसेको १२ दिनपछि डा केसीले  राती पत्रकार सम्मेलन गरेर अनसन स्थगीत गर्नुभएको हो । डा. केसीले आफ्नो अनशनले नेपाली जनताको दसैं खल्लो हुने भएकाले दसैं अवधीभर अनशन स्थगित गर्ने घोषणा गर्नुभएको हो ।
चारबुँदे माग राखेर अनसन सुरु गरेको उहाले  दशैंको समयमा हाम्रो सत्याग्रह जारी राख्दा आम नागरिकहरुको दशैं पर्व खल्लो हुन सक्ने सम्भावनालाई रहेकोले सत्याग्रहको स्थगित गरेको बताउनुभयो । डा. केसीले अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहितका चारबुँदे माग राखेर असोज १० गते अनसन सुुरु गर्नुभएको थियो । यो बीचमा सरकार र डा. केसीका प्रतिनिधिबीच केही अनौपचारिक सम्वादहरु भएपनि सहमति भने  हुन सकेको थिएन ।


प्रतिक्रिया

सम्बन्धित समाचार