रिति–थिति, संस्कृतिलाई सवल पारौँ भन्दै पूर्वराजा ज्ञानेन्द्रले यसो भने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २२ शनिवार ०७:४६ बजे

रिति–थिति, संस्कृतिलाई सवल पारौँ भन्दै पूर्वराजा ज्ञानेन्द्रले यसो भने

काठमाण्डौ
असोज २२
पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दुहरुको महान् पर्व वडा दसैँको अवसरमा शुभकामना दिनुभएको छ ।

आज सम्पूर्ण नेपालीको सुख स्वास्थ्यको कामना गर्दै ज्ञानेन्द्रले वक्तव्य मार्फत् शुभकामना दिनुभएको छ । वडा दसैँको यस पावन अवसरले हाम्रो रिति–थिति, संस्कृति, धर्म–परम्परा र सभ्यता एवम् त्यसको निरन्तरताको मौलिक अस्तित्वलाई सवल पार्दछ,’ मन्तव्यमा भनिएको छ, ‘यस सुखद अवसरमा म देशभित्र र देश बाहिर रहे वसेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
नेपाली जनातको चाहना शान्ति, सुरक्षा, स्थायित्व, विकास र समृद्धि भएको बताउदै ज्ञानेन्द्रले बितेका दशकभित्र जनताको दैनिकीमा सकारात्मक परिवर्तन नआएको भन्दै गणतन्त्रप्रति असन्तुष्टि जनाउनुभएको  छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार