काठमाण्डौ
असोज २१
दसैंको बेला दुर्घटनाको जोखिम बढ्ने अनुमानसहित न्यूनिकरणका लागि टाईमकार्ड लागू गरिएको छ ।
नेपाल प्रहरीले राजधानीबाट लामो रुटमा संचालन हुने सवारी साधनमा टाईमकार्ड लागू गरेको हो । टाईमकाड सिद्धिचरण राजमार्ग, हेटौडा काठमाडौं, विपी राजमार्ग, पूर्वपश्चिम लोकमार्ग, तम्घास रिडी, सुर्खेत दैलेख सडकखण्ड, कर्णाली राजमार्ग, राप्ती राजमार्ग, भालुवाङ रोल्पा सडकखण्ड, तुल्सिपुर अमिलिया सडकखण्ड, महेन्द्र राजमार्ग र भिमदत्त राजमार्गमा लागू गरिएको प्रहरीले जनाएको छ । टाइमकार्ड कार्यान्वयन भए नभएको सम्बन्धमा निरन्तर अनुगमन र निरीक्षण गरिने प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले जानकारी दिनुभयो ।
चाडवाडको समयमा अत्याधिक यात्रुको चाप र सोही मात्रामा सवारीसाधनको संख्यासंगै गति पनि अनियन्त्रित हुने भएकाले त्यसको नियन्त्रणका लागि टाईमकार्ड लागू गरिएको दुर्घटना न्युनिकरणका लागि लामो दुरीका सवारीमा दुईवटा चालकको व्यवस्था हुनुपर्ने वाध्यात्मक प्रावधान लागू गरेको छ ।
यसअघि पनि लामो रुटको सवारीसाधनमा दुईजना चालक अनिवार्य गरिए पनि दसैंको बेला एकजना मात्रै राख्ने गरेको पाईन्छ । साथै चालकले आलोपालो गर्ने अथवा आराम गर्ने १३ स्थान तोकिएको भएपनि कार्यान्वयन हुने गरेको थिएन । यसपटक भने ती सबै व्यवस्थाको अनुगमन चुस्त पारिने प्रहरीले जनाएको छ। साथै प्रहरीले सवारीसाधनको गतिको पनि अनुगमन गर्ने भएको छ ।
