सवारी दुर्घट्ना दिनका दिन्,सरकार किन सोच्दैन एकैछिन् ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २१ शुक्रवार ११:४१ बजे

सवारी दुर्घट्ना दिनका दिन्,सरकार किन सोच्दैन एकैछिन् ?

काठमाण्डौ
असोज २१
महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको कावासेती नगरपालीका–८ लोकाहामा माईक्रो र बस ठोक्किदा ७ जना घाइते भएका छन् । तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ ।

बुटवलबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८८७ नम्बरको बस र काठमाडौंबाट बुटवलका लागि छुटेको बा २ ख २१४१ नम्बरको माइक्रो बस आपसमा ठोक्किएका हुन् । घाईतेमध्ये ५ जनाको भरतपुरमा र २ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । माइक्रोका चालकको अवस्था भने गम्भीर रहेको  प्रहरीले बताएको छ । यता काठमाण्डौको कलंकीमा बसको ठक्करबाट एक जनाको मुत्यु भएको छ । आज बिहान अन्दाजी साढे ५ बजे कलंकी चोकमा ना ६ ख २०६१ नम्बरको टिपरको ठक्करबाट बा ३२ प २४३६ नम्बरको मोटरसाइकल चालक ४३ वर्षीय रत्न राईको मृत्यु भएको हो । सोहि दुर्घटनामा परी मोटरसाइकल पछाडी सवार सामान्य घाइते भएका छन् । घाइतेको सिटी सेन्टर अस्पताल कलंकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न टिपर प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता धादिङको महादेववेसीबाट रातमाटेका लागि छुटेको जिप तसर्पु गाविसको कामराङमा गएराति दुर्घटना हुँदा तसर्पुकी निशा थापाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइते मध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको छ । उनीहरुलाई उपचारका लागि राति नै काठमाडौँ ल्याइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार