वातावरणका बारे सोच्ने मन्त्रीले अमेरिकाकी टेप्लिजसँग भेटेपछि


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २० बिहीवार १५:३२ बजे

वातावरणका बारे सोच्ने मन्त्रीले अमेरिकाकी टेप्लिजसँग भेटेपछि

काठमाण्डौ
असोज २०
जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशी र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलैना बी टेप्लिजबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरुबीच मन्त्रालयका कामका प्राथमिकता र वातावरण प्रदूषण नियन्त्रणका बारेमा कुराकानी भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा मन्त्री जोशीले नेपालको विकास प्रयासमा अमेरिकी सहयोग तथा समर्थनका लागि नेपाल सरकारका तर्फबाट आभार व्यक्त गर्दै आगामी दिनमा अमेरिकी सहयोगको निरन्तरता र वृद्धिका लागि आग्रह गर्नुभयो  । सो अवसरमा उहाँले वातावरण संरक्षण र व्यवस्थापन, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन, नवीकरणीय र वैकल्पिक ऊर्जा प्रवद्र्धन, जल तथा मौसम विज्ञान सम्बद्ध सेवा र जनसङ्ख्या व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको हुँदा अमेरिकालगायतका विकास साझेदारबाट यी क्षेत्रमा थप सहयोग हुने आशा व्यक्त गर्नुभयो ।

भेटमा अमेरिकी राजदूत टेप्लिजले नेपालको वातावरण प्रदूषण नियन्त्रणका लागि भएका पहलका बारेमा चासो राख्नुका साथै वातावरणीय प्रभाव मूल्याङ्कन र विकासका परियोजना सँगसँगै कसरी जान सक्छन् भन्ने जिज्ञासा राख्नुभएको थियो । साथै उहाँले आगामी दिनमा अमेरिकी सरकारले वातावरण संरक्षण, जलवायू परिवर्तन व्यवस्थापन र जनसङ्ख्या व्यवस्थापनका क्षेत्रमा नेपाललाई अझ बढी सहयोग गर्ने आश्वासन दिएको वातावरण सचिव विश्वनाथ ओलीले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार