काठमाण्डौ
असोज २०
वीरगन्जमा एक बालकको हत्या भएको छ ।
पर्साको रामनगरी गाविस वडा नम्बर ८ भलुही निवासी विनोद पटेलका नौ वर्षका छोरा राजन पटेलको हत्या भएको हो । अध्ययनका लागि वीरगन्ज उपमहानगरपालिका वडा नम्बर १६ राधेमाईमा अवस्थित काका बृजकिशोर पटेलसंगै बस्दै आएका राजनको शव वीरगन्ज चिनिमिल आवास क्षेत्र भन्दा पश्चिम जाने बाटोमा आज बिहान फेला परेको हो ।
हिजो साँझ ६ बजे तिर आफ्ना साथीहरुसंग दसैंको मेला हेर्न घरबाट निस्केका राजन राति अबेरसम्म पनि घर नफर्किएपछि प्रहरीले रातभरी खोजी गर्दा विहान मात्र मृत अवस्थामा भेटिएका वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक ऋषि ढुंगानाले बताउनुभयो ।
