यात्रुलाई झुक्याउदै बढी पैसा माग्नेको प्रहरीले कान निमोठ्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १९ बुधवार १६:०९ बजे

यात्रुलाई झुक्याउदै बढी पैसा माग्नेको प्रहरीले कान निमोठ्दै

काठमाण्डौ
असोज १९
चाडबाडमा बिशेष सुरक्षा योजना लागू गरेको प्रहरीले बढी भाडा लिने सवारी साधनमा विरुद्ध कारवाही तिव्र पारेको छ ।

दशैं मान्न काठमाडौं बाहिरिने यात्रुसँग मनोमानी भाडा असुल्ने  सवारीसाधन बिरुद्धको कारबाही तीव्र पारीएको प्रहरीले जनाएको छ । उपत्यकाबाट बाहिर जाने यात्रुहरुसँग यातायात व्यवसायीले महँगो भाडा असुल्ने गरेको गुनासो बढेपछि हिजोदेखि सुरु यस अभियान आज पनि जारी रहेको प्रहरीले जनाएको छ ।
आज पनि विहानैदेखि काठमाडौं परिसर र विभिन्न बृतहरुबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न बसपार्क तथा बस छुट्ने ठाउमा  अनुगमन गरीरहेको काठमाडौं प्रहरी परिसरका एसएसपी बिक्रमसिंह थापाले जानकारी दिनुभयो । उहाका अनुसार गौशला, नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका क्षेत्रमा पुगेको प्रहरी टोलीले बढी भाडा असुल गर्ने सवारीका कर्मचारीलाई कारबाही गरिरहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार