घरको छतमा तरकारी रोप्ने महिलालाई अन्तराष्ट्रिय पुरस्कार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १९ बुधवार १९:१९ बजे

घरको छतमा तरकारी रोप्ने महिलालाई अन्तराष्ट्रिय पुरस्कार

काठमाण्डौ
असोज १९
ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएको छ ।

चितवनको भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएका छन् । जनही एक हजार डलर अर्थात् झन्डै एक लाख छ हजार राशिको उक्त पुरस्कार अन्तर्रा्ष्ट्रिय महिला दिवसका अबसरमा यही अक्टोबर १५ अर्थात असोज २९ गते काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई प्रदान गरिने जनाइएको छ । नेपाल र भारतका दुई दुई जना तथा युगान्डा, केन्या, क्यामरुन, अमेरिका र क्यानडाका एक एक जना गरी नौ महिलालाई उक्त पुरस्कार प्रदान गरिने स्विटजरल्यान्डका ओमन्स वल्र्ड समिट फाउन्डेसनले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार