काठमाण्डौ
असोज १८
नेपाली सेनाले काठमाडौं उपत्यकामा दशैँको तीन दिन ८ वटा वस निशुल्क सञ्चालनमा ल्याउने भएको छ ।
सेनाले विज्ञप्ती जारी गर्दै दशैँको महानवमीदेखि एकादशीसम्म ३ दिन उपत्यकाबासीलाई लक्षित गर्दै बस संचालन गर्न लागिएको जनाएको छ । दशैँको मुख्य तीन दिनमा उपत्यकामा सवारी साधनको संख्या अत्याधिक कम चल्ने गर्दछन् । यसैविच नेपाली सेनाले दशैँमा राजधानी बाहिर विदामा जाने सेना र उनका परिवारका लागि निशुल्क वस सेवा संचालन गरेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
