काठमाण्डौ
असोज १८
डाक्टर गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षण अस्पताल महाराजगंजका रेजिडेन्ट चिकित्सकले आजबाट आकस्मिक बाहेकका सेवा वहिस्कार गर्ने भएका छन् ।
आमरण अनशन बसेको ९ दिन बितिसक्दा पनि माग पूरा गर्न सरकार संवेदशील नभएको भन्दै दवावको लागी आवासीय चिकित्सकले आजबाट आकस्मिक बाहेक सेवामा काम नगर्ने जनाएका हुन् । अस्पतालमा कार्यरत ३ सयभन्दा बढी चिकित्सकको साझा संस्था नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले आजैबाट बहिरंग अर्थात ओपिडी सेवा वहिस्कार गर्र्न लागेका हुन् । चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा. केसीले उठाएका सुधारका माग बेवास्ता गरेर संसद् र सरकार मौन बसको भन्दै बाध्य भएर अस्पताकै सेवा बन्द गर्न बाध्य भएको आवासिय चिकित्सकहरुले बताएका छन् ।
