दशैँ तिहारको हरेकन्युज परिवार सायरी अर्थात कवितात्मक भावबाट यसरी शुभकामना व्यक्त गर्दछ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १८ मंगलवार ०९:४१ बजे

दशैँ तिहारको हरेकन्युज परिवार सायरी अर्थात कवितात्मक भावबाट यसरी शुभकामना व्यक्त गर्दछ

काठमाण्डौ
असोज १८
मखमली सयपत्री फुल्न थालेपछि
बेसीखेतमा धानका बाला झुल्न थालेपछि
पोहोर झैँ यसपाली नी आयो दशैँ तिहार
समृद्धिको आशिर्वादले भरियोस् निधार ।।

शीरमा शिउरी जमरा निधारमा टिका
हिमाल,पहाड तराई भई एक ढिक्का
आउनुस् हजुर दशैँ तिहार मानौँ हासीखुसी
को पराया को आफन्त सबै समावेशी ।।

बोकी आउछन् परदेशी जन् शान्तीको दियो
नबनोस् बडादशैँ फाली काटी सियो
रमाउन सिकौँ हजुर आफ्नै सम्पतीमा
दशैँ तिहार मंगलमय होस् सबै सन्ततिमा ।।

jamaraa

असल रहोस् भावना
सफलताको चाहना
दशैँ तिहार मंगल बनोस्
शुभ – कामना ।।

आउनु हजुर एकैछिन् पिङ खेल्न आउनु
आफ्नै भेषभुषामा मनको गीत गाउनु
हामी सबै सुखीदुखी किन मान्नु पीर
उज्यालो होस् टिका अनि जमराले शीर ।।


प्रतिक्रिया

सम्बन्धित समाचार