दशैँका लागि चीनबाट ल्याइएका सामान कर्मचारीको दशैँले भन्सारमै अलपत्र !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १७ सोमवार १५:४० बजे

दशैँका लागि चीनबाट ल्याइएका सामान कर्मचारीको दशैँले भन्सारमै अलपत्र !

काठमाण्डौ
असोज १७
कर्मचारीको अभावमा भन्सार पास ढिलो हूदा दसैंका लागि चीनको केरुङबाट सामान बोकेर आएका तीन सयभन्दा बढी कन्टेनर आज पनि रसुवागढी नाकामा थुनिएका छन् ।

काठमाडौंबाट एक सय ५२ किलोमिटर दूरीमा रहेको रसुवागढी नाकामा दैनिक डेढ सय कन्टेनर आवतजावत गरे पनि रसुवा भन्सारमा कर्मचारीको अभावमा दैनिक २० र २५ वटा कन्टेनरको सामानमात्र जाँच हुँदा समस्या भएको गोसाइकुण्ड ट्रक कन्टेनर व्यवसायी समितिका उपाध्यक्ष सीताराम अर्यालले बताउनुभयो । उहाँका अनुसार समयमा नै भन्सार जाँच हुन नसक्दा लामो समयदेखि सयौं गाडी पालो कुरेर बसिरहेका छन् ।  सिन्धुपाल्चोकको तातोपानी नाका विनाशकारी भूकम्पका कारण बन्द भएपछि उत्तरतिर रसुवागढी नाकामात्र सञ्चालनमा छ । स्याफ्रुबेसी–रसुवागढी सडकको बीचमा पर्ने टिमुरेमा १५ दिनदेखि तीन सय कन्टेनर थन्किएका हुन् । नाकामा गाडीको चाप बढ्नु स्वााविक भएको र कर्मचारी अभाव हुँदा केहि असहज भएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार