दशैँमा ढुक्कले मासुभात खाने डाक्टरहरुको प्रयास,भोलिदेखि ओपिडिसेवा बन्द गर्ने चेतावनी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १७ सोमवार १५:३६ बजे

दशैँमा ढुक्कले मासुभात खाने डाक्टरहरुको प्रयास,भोलिदेखि ओपिडिसेवा बन्द गर्ने चेतावनी

काठमाण्डौ
असोज १७
त्रिवि शिक्षण अस्पतालमा आठ  दिनदेखि आमरण अनसनमा बस्नुभएका  वरिष्ठ चिकित्सक गोविन्द केसीको समर्थनमा  शिक्षण अस्पताल महाराजगञ्जका सबै आवासीय चिकित्सक तथा विद्यार्थीलहरुले आन्दोलन थालेका छन् । रेजिडेन्ट डाक्टर एसोसिएसनका अध्यक्ष लिजन महर्जन र सचिव सतिस शर्माले आज एक विज्ञप्ती जारी गर्दै भोलीबाट ओटी र  इमरजेन्सी सेवाबाहेकका अन्य कुनैपनि शैक्षिक क्रियाकलापमा सहभागी नहुने बताएका छन् ।

साथै उनिहरुले  आफ्नो सम्पूर्ण  शैक्षिक कार्यक्रममा सहभागी नहुने पनि  जानकारी गराएका छन् । चिकित्सा शिक्षा ऐन संसद्बाट पारित हुनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्तलाई महाअभियोग लगाउनुपर्ने र यसअघि सरकारले आफुसँग गरेका सहमतिमध्ये कार्यान्वयन हुन बाँकी रहेका बुँदाहरु तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै उहाँले पुनः अनसन सुरु गर्नुभएको हो । सरकारले मेडिकल कलेजलाई सम्बन्धन नदिने, उपत्यकाबाहिर मेडिकल कलेज स्थापना गर्नेलगायतका केही माग पूरा गरेको छ भने चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम) मा बरिष्ठताका आधारमा डिन नियुक्त गर्नेलगायतका केही सहमति कार्यान्वयन हुन बाँकी छ ।  यसैविच एक हप्तादेखि अनसन बसिरहनुभएका डा. केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । केसीको मुटुको चालमा घटबढ भईरहेको, मसलहरु कमजोर बन्दै गएको, छाती दुखेर रिङगटा लाग्ने, बोल्न गार्हो हुने, टाउको दुख्ने समस्या देखा परेको उहाँको उपचारमा संलग्न प्रमुख डाक्टर दिव्यासिंह शाहले जानकारी दिनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार