काठमाण्डौ आएका खसीबोका घुम्न नपाउदै आजबाट पैसामा साटिदै !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १६ आइतवार १५:४४ बजे

काठमाण्डौ आएका खसीबोका घुम्न नपाउदै आजबाट पैसामा साटिदै !

काठमाण्डौ
असोज १६
सरकारी स्वामित्वको नेपाल खाद्य संस्थानले आजदेखि खसीबोका तथा च्याङ्ग्राको बिक्री सुरु गर्दैछ ।

काठमाडौंमा खसीबोका तथा च्याङ्ग्रा थापाथलीस्थित संस्थानको डिपोबाट विक्री गरिने छ । खसीबोका र च्याङ्ग्राको मूल्य आजै तय गरेर दिउँसो १ बजेदेखि विक्री सुरु गरिने संस्थानका प्रवक्ता पवन कार्कीले जानकारी दिनुभयो । यस वर्षको दशैंका लागि ७ सय ५० च्याङग्रा हिजै काठमाडाँै ल्याइएको छ भने हेटौंडाबाट २ सय खसीबोका आज काठमाडौँ ल्याइँदैछ ।  संस्थानले मुस्ताङबाट म्याग्दीसम्म हिँडाएर तथा म्याग्दीबाट ट्रकमार्फत च्याङग्रा काठमाडौ ल्याएको हो । केही च्याङग्रा भने वातावरण नमिलेकाले मरेका छन् । संस्थानले हेटौंडा र लाहानमा ४– ४ सय खसीबोका किनिसकेको छ । त्यसलाई पनि काठमाडौं ल्याएर बिक्री गरिनेछ । संस्थानले प्रतिकेजी ४ सय ८५ रुपैयाँका दरले च्याङग्रा खरिद गरेर ल्याएको हो । संस्थानले थप ७ सय ५० वटा च्याङग्रा काठमाडौं आउने क्रममा रहेको बताएको छ । दशैंका बेला बजार मूल्य नियन्त्रण गर्न भन्दै सरकारले खाद्य संस्थानमार्फत खसी र च्याङग्रा विक्री वितरण गर्न लागेको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार