काठमाण्डौ
असोज १६
बडादसैँका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट वितरण गर्दैछ ।
राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैङ्कको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म नयाँ नोट वितरण गर्न सुरु गरिएको राष्ट्र बैङ्कका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्र बैंका शाखा रहेका धनगढी, वीरगञ्ज, भैरहवा, विराटनगर, पोखरा र नेपालगञ्जबाट सर्वसाधरणले नयाँ तथा सफा नोट साट्न पाउनेछन् । यस वर्ष ५, १०, २०, ५० र १०० रुपैयाँका दरका नोटहरू सर्वसाधारणका लागि वितरण गर्न लागिएको प्रवक्ता पंगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराइनेछ । यसअघि राष्ट्र बैंकले प्रतिव्यक्ति २२ हजार रुपैयाँ दिएको थियो ।
