पूर्वराजा ज्ञानेन्द्र राजाकै हैसियतमा !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १६ आइतवार १५:२२ बजे

पूर्वराजा ज्ञानेन्द्र राजाकै हैसियतमा !

काठमाण्डौ
असोज १६
पूर्वराजा ज्ञानेन्द्र शाहले आज राजाकै हैसियतमा पचली भैरबमा खड्ग चढाउनुभएको छ ।

परम्परा अनुसार प्रत्येक १२ वर्षमा खड्ग चढाउने गरिन्थ्यो । देशमा राजा नभएपछि खड्ग कसले चढाउने भन्ने विवाद र अन्योल हुँदा यस पटक १५ वर्षपछि पूर्वराजा ज्ञानेन्द्रले नै खड्ग चढाउनुभएको हो । पूर्वराजा ज्ञानेन्द्रका प्रेस सल्लाहकार फणिराज पाठकका अनुसार पचली भैरबका गुठियाहरुको आग्र्रहमा पूर्वराजाले नै खड्ग चढाउनुभएको हो ।  यस अघि २०५८ मा ज्ञानेन्द्रले राजा भएकै समयमा खड्ग चढाउनुभएको थियो । खड्ग चढाउन पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीयवासीले भव्य स्वागत गरेका छन् । पचली भैरबमा खड्ग चढाएमा दैवी शक्ति प्राप्त हुने र शुभकार्य हुने विश्वास गरिन्छ यसै अवसरमा पचली भैरबमा जात्रा समेत हुने गर्दछ । यो जात्रा मल्ल राजा गुणकामदेवको पालदेखि सुरु गरिएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार