काठमाण्डौ
असोज १५
लमजुङको दोर्दी खोलामा सेल्फी खिच्ने क्रममा एक युवा नदीमा बेपत्ता भएका छन्।
गोरखाको मनकामना घर भई हाल काठमाडौंमा बस्दै आएका २१ वर्षीय पवन श्रेष्ठ दोर्दी नदीमा बेपत्ता भएका हुन् । आजदेखि ढाडेनी–२, कै साइनो युवा क्लबले दशैंको अवसरमा आयोजनामा गर्न लागेको खुल्ला फुटवल प्रतियोगितामा सहभागी हुन उनी ढोडेनी पुगेका थिए । उनी खेल मैदानबाट झण्डै तीन किलोमिटर पर गैरी भन्ने ठाउँबाट दोर्दी नदीमा खसेका हुन् । शुक्रबार नदीमा खसेर बेपत्ता भएका उनी हालसम्म फेला पर्न नसकेको प्रहरी नायव उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
