ढुंगाले हानेर श्रीमतीको हत्या


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १५ शनिवार २१:४४ बजे

ढुंगाले हानेर श्रीमतीको हत्या

काठमाण्डौ
असोज १५
कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाकी २२ वर्षीया जीविका रानाको हत्या भएको पुष्टि भएको छ ।

उनलाई आफ्नै श्रीमान बलराम रानाले ढुङ्गाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । गएराति असैनाबाट आफ्नो घर फर्कदै गर्दा मोटरसाइकलको ठक्करले श्रीमती घाइते भएको भन्दै बलरामले प्रहरीमा खबर गरेका थिए । तर मृतकको टाउकोमा चोट र घाँटीमा निलडाम देखिएकाले घटना थप शंकास्पद भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । बयानमा आफूले श्रीमतीको हत्या गरेको बलरामले स्वीकारेको कञ्चनपुरका प्रहरी प्रमुख तुलसी घिमिरेले जानकारी दिनुभयो । घाइते भएकी रानाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा आज  बिहान निधन भएको थियो । घाइते रानाको शरिरमा मोटरसाइकले ठक्कर दिएजस्तो कुनै चोटपटक नदेखिएकाले प्रहरीले बलराम रानासँग सोधपुछ गरेको थियो । सोधपुछ गर्दा बलरामले हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुख घिमिरेले बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार