काठमाण्डौ
असोज १५
नेकपा एमालेले उत्तरी चीनसँग जोडिएको प्रदेश नम्बर ६ को चार वटा नाका तत्काल खोल्न सरकार समक्ष आग्रह गरेको छ ।

दुई दिनसम्म सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकले छैठौं प्रदेशलाई समृद्ध बनाउने योजना अघि सारेको छ । यस्तै एमालेले सडकले नछोएका हुम्ला र डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्न आवश्यक पहल थाल्ने निर्णय गरेको छ । पार्टी संघीय संरचनामा गएसँगै बसेको एमाले प्रदेश नम्बर ६ को प्रथम बैठकले प्रदेश समृद्धिको खाका तयार पारेको हो । सो क्रममा कर्णालीका एमाले नेताहरुले अब कर्णालीका जिल्लामा स्थानीय उत्पादनलाई बढवा दिनुपर्ने बताएका थिए । वर्तमान सरकारले जन्म र मृत्युमा चामल दिने घोषणा गरेर कर्णालीको स्वाभिमानमा चोट पु¥याएको भन्दै बैठकले आयआर्जन र उत्पादनका योजना संचालन गर्न सरकारसँग आग्रह गरेको छ । दुईदिने बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले मधेसका सबै माग पूरा गर्न नसकिने बताउनुभएको छ । मधेसवादी दलको दबावमा संविधान संशोधनको वेमौसमी बाजा बजाउन थालिएको भन्दै उहाँले त्यो केवल सत्ता टिकाउने खेल मात्र भएको बताउनुभयो । साथै उहाँले वर्तमान सरकारले मात्र नभई कुनै पनि दलको नेतृत्वमा सरकार बने पनि मधेसी दलले राखेका सबै माग पूरा हुन नसक्ने दाबी गर्नुभयो ।
