घिमिरे नभेटिएपछि कुशलाई आगो लगाइयो


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज १४ शुक्रवार १९:२५ बजे

घिमिरे नभेटिएपछि कुशलाई आगो लगाइयो

काठमाण्डौ
असोज १४
गत आइतबार सवारी दुर्घट्नामा परी वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेको कुशको शव बनाएर आज अन्त्येष्टी गरिएको छ ।

मुस्ताङबाट काठमाण्डौ आउदै गरेको पूर्वगृहमन्त्री घिमिरे सवार बा ९ च १५३१ नम्बरको गाडी गत आइतबार चितवनस्थित दारेचोकको घोप्टेभिरबाट त्रिशुली नदिमा खसेर वेपत्ता भएको थियो । सो दुर्घट्नामा ३ जनाको मृत्यु हुनका साथै घिमिरे र  उहाँका २ जना भाइहरु वेपत्ता भएका थिए । त्यस्तै गाडी चालक विष्णु राईको भने जिवितै उद्धार गरिएको थियो । झन्डै एक साता पूरा हुन लाग्दासमेत घिमिरे फेला नपरेपछि उहाँको परिवारले हिन्दु परम्पराअनुसार कुशको प्रतीक बनाउँदे पशुपति आर्यघाटमा दाह संस्कार गरेका हुन् । पूर्वगृहमन्त्री घिमिरेलाई अन्तिम् श्रद्धाञ्जली दिन गृहमन्त्री बिमलेन्द्र निधि लगायतका अधिकारीहरु आर्यघाट पुगेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार