काठमाण्डौ
असोज १४
त्रिवि शिक्षण अस्पतालका आवासिय चिकित्सकहरु प्राध्यापक.डाक्टर.गोविन्द केसीको अनसनको समर्थनमा आन्दोलनमा उत्रिएका छन् ।
उनिहरुले आजपनि विहानैदेखि हातमा कालो पट्टि बाँधेर काम सुरु गरेका छन् । डा. केसी सरकारलाई दिएको पछिल्लो एक साताको अल्टिमेटम सकिएपछि पूर्व घोषित कार्यक्रम अनुसार सोमबारदेखि अस्पतालमै अनसन बस्नुभएको छ । डाक्टर केसीको समर्थनमा आवासिय चिकित्सकहरुले हिजो साँझबाट कालोपट्टी बाधेर काम सुरु गरेका थिए ।
आवासिय चिकित्सकहरुले चिकित्सा शिक्षा एवं स्वास्थ्य क्षेत्रमा सुधारको लागि डा. केसीका मागहरु आम नेपालीको हितमा रहेको भन्दै सरकार सम्वेदनशील नभए थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
