काठमाण्डौ
असोज १२
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र भएको आरोपमा अख्त्यिार दुरुपयोग अनुसन्धान आयोलले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पाँचपाण्डव उपभोक्ता समितिका तत्कालिन कार्यालय सहायक लोकनाथ पौडेल पिरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
२०५५ साल देखी २०७१ साल सम्म समितिको कार्यालयमा कार्यरत रहँदा पौडेलले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको आरोप छ । पौडेलले नियुक्तिको क्रममा शान्ति विद्या गृह मा.वि. काठमाण्डौबाट २०४२ सालमा एसएलसी. उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
