नेताकै घरबाट चोर्ने चोरहरुका पनि चोर २ महाचोर पक्राउ


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ११ मंगलवार २०:३७ बजे

नेताकै घरबाट चोर्ने चोरहरुका पनि चोर २ महाचोर पक्राउ

काठमाण्डौ
असोज ११
तमलोपा महन्थ ठाकुरको घरमा चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरको भक्तपुर सानोठिमीस्थित घरबाट ब्रिफकेस चोरी गरेर फरार रहेका सर्लाहीका रञ्जितप्रसाद गुप्ता र महोत्तरीका प्रमानन्द भन्ने प्रचण्ड प्रताप सिंहलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई दिउँसो काठमाडौंको विभिन्न छुट्टाछुट्टै स्थानबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । गत भदौ २४ गते राति साढे ७ बजेको समयमा ठाकुरको घरमा चोरी भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार