बहालवाला गृहमन्त्री पनि घोप्टेभिरमा…….


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज ११ मंगलवार १५:२४ बजे

बहालवाला गृहमन्त्री पनि घोप्टेभिरमा…….

काठमाण्डौ
असोज ११
उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले ३ वटा सुरक्षा अंगका प्रमुखलाई लिएर पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको जीप दुर्घटनास्थलको आज निरिक्षण गर्नुभएको छ ।

चीतवनको घोप्टेभीरमा अस्ति आइतवार साँझ जीप त्रिशुली नदीमा खस्दा घिमिरे र उहाँका २ भाइ वेपत्ता भएकोमा अझै फेला परेका छैनन् । गृहमन्त्री निधि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई साथ लिएर आज विहान दुर्घटनास्थल पुग्नुभएको हो । मन्त्री निधिको टोलीमा नेपाली सेनाका रथी वलदेवराज महत पनि सामेल हुनुहुन्थ्यो । निधिले पूर्व गृहमन्त्री घिमिरेको खोजीमा सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै सुरक्षाकर्मीलाई त्यसै अनुसार निर्देशन दिइएको बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार