काठमाण्डौ
असोज ११
विराटनगरको ट्राफिक चोक नजिकै रहेको बी प्लटमा पार्क गरेर राखिएको गाडीबाट आज दिउँसो २५ लाख रूपैयाँ चोरी भएको छ ।
थेह्रथुमस्थित माउन्ट मकालु डेभल्पमेन्ट बैंकका कर्मचारीले राष्ट्र बैंक विराटनगर शाखाबाट झिकेर गाडीमा राखेको पैसा चोरी भएको हो । को १ त ८०१९ नम्बरको गाडीको सिसा फुटाएर अज्ञात व्यक्तिले रकम चोरेको मोरङ प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी संजयसिंह थापाले यसबारे अनुसन्धान भईरहेको जानकारी दिनुभयो । प्रहरीले सो एरियालाई सिल गरेर अनुसन्धान गरिरहेको छ । गाडीका चालक र बैंकका अर्का एक कर्मचारी रकम निकाल्न विराटनगर गएका थिए ।
